अप्रेशन गरेको नाकबाट रगत बगेपछि हरिवंश आचार्य विराटनगरमै अस्पताल भर्ना

विराटनगर– नाकबाट रगत बगेपछि चर्चित हाँस्य कलाकार हरिवंश आचार्य विराटनगरमा अस्पताल भर्ना गरिएको छ। उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भईरहेको छ।

नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो। आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने छोरा मोहितले बताएका छन्।

उनी अस्पताल भर्ना भएपछि आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए।

उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ । हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार विराटनगर पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट