रिसईबी साँध्न चक्कु प्रहार गरी ग्यारेज सञ्चालक युवाको हत्या

काठमाण्डौं– रोल्पामा पुरानो रिसईबी साँध्न शनिवार राती चक्कु प्रहार गरी २८ वर्षीय एक युवकको हत्या गरिएको छ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–२ घर भई रोल्पाको रोल्पा नगरपालिका–४, खाद्यटोलमा ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय सुनील पुन (शनी) को हत्या भएको हो।

शनिबार राति ९ बजेतिर एक समुहले उनीमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। घट्नामा अन्य दुई जना घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत लामाका अनुसार घाईते अवस्थामा रहेका शनीलाई उद्धार गरी जिल्ला अस्पताल रेउघा पु¥याईएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

पुरानो रिसिबीका कारण शनीमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुशन्धानले देखाएको डीएसपी लामाले बताए। पुनमाथि चक्कु प्रहार गरी हत्या गर्नेहरूको पहिचान भइसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट