चन्द्रागिरीको होटलको पार्किङमा राखेका ४ वटा सवारीमा एकै पटक कसरी भयो आगलागी ?

काठमाण्डौं– काठमाण्डौँको चन्द्रागिरि नगरपालिकाको एउटा होटलमा पार्किङ गरी राखेका सवारी साधनमा शुक्रबार राति आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका–४, चन्द्रागिरि चोकस्थित रोयल चन्द्रागिरि ईन होटेल अगाडि पार्किङ राखेका मोटरसाइकल र स्कुटरमा आगलागी भएको हो।

बा.६१ प ४०९० नम्बरको स्कुटर, बा.प्र.०४२ प ३२०४ नम्बरको मोटरसाइकल र बा.५३ प ३८११ नम्बरको स्कुटरमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ। तीन वटा सवारी साधन जलेर पूर्ण रुपमा नष्ट भएका छन्।

यसैगरी, आगलागी बा.प्र.०२–०२२ प २७४० नम्बरको मोटरसाइकल समेत आंशिक रूपमा जलेर क्षति भएको प्रहरीको भनाई छ। घट्ना कसरी भयो भन्ने खुलेको छैन। कुनै प्राविधिक कारणले आफै आगलागी भएको हो वा आगो लगाईएको हो भन्ने विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट