पाहुना आएका भिनाजुको खुकुरी प्रहार गरी हत्या

विराटनगर– सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ का ६० वर्षीय सुरेश बस्नेतको उनकै सालोले खुकुरी प्रहार गरी हत्या गरेका छन्।

भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–२ देविस्थानका ४५ वर्षीय पूर्ण बहादुर बस्नेतलाई पक्राउ गरेको छ।

पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजुलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

पूर्णबहादुरलाई शनिवार विहानै पक्राउ गरी घट्नाको अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट