श्रीमतीको उपचार गराउन भरतपुर गएका ब्यक्ति गैंडाकोटको जंगलमा मृत फेला

काठमाण्डौं– चितवनको भरतपुर अस्पतालमा श्रीमतीको उपचार गराउन आएका नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–६ का ४४ वर्षिय मेखबहादुर आलेमगर मृत फेला परेका छन्।

नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित जयश्री सामुदायिक वनको चिसापानी क्षेत्रमा उनको शव फेला परेको हो। परिवारले दिएको जानकारी अनुसार मेखबहादुर गत १ साउनदेखि सम्पर्कविहिन भएका थिए। सम्पर्कविहिन भएको ५ दिनपछि उनको शव फेला परेको हो।

सामुदायिक वनको ढोडेनीतर्फबाट मौलाकालिका जाने मार्गमा सडेगलेको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। शनिबार बिहान ८ बजे जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इन्स्पेक्टर हस्तबहादुर सुनारका अनुसार मृतका परिवारजन सम्पर्कमा आईसकेका छन्। भरतपुर अस्पतालमा श्रीमतीको उपचारका लागि आएका उनी कसरी जंगलमा पुगेर र कसरी उनको मृत्यु भयो भन्ने हालसम्म नखुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट