मामाघर गएका ६ वर्षीय बालकको सेप्टिक ट्यांकीमा खसेर ज्यान गयो

काठमाण्डौं– नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ५ बसहियामा सेप्टिक ट्यांकीमा डुवेर ६ वर्षीय बालकको मृत्यु भएको छ।

सोही गाउँपालिका–१, सिसहनियाका ६ वर्षीय बालक राज प्याकुरेल बुबाआमासँगै मामाघर गएका बेला सेप्टिक ट्यांकीमा खसेका थिए।

प्याकुरेल शनिबार दिउँसो २ बजे खेल्ने क्रममा झ्यालबाट खसेर सेप्टिक ट्यांकीमा खसेको जनाईएको छ। उनलाई तत्काल उद्धार गरी भारत महारजागंज निचलौल सामुदायिक अस्पताल लगिएको थियो।

डाक्टरले दिउँसो साढे २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी रेशम बोहराले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट