भीमेश्वर मन्दिरको सिलामा २ घण्टादेखि पसिनाः मुलुकमा अनिष्टको संकेत

काठमाण्डौं– दोलखा भीमेश्वर मन्दिर स्थित सिला (मुर्ति) मा पसिना आएको छ। भीमेश्वरको सिलामा पसिना आउँनुलाई मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेर्ने गरिएको छ।

यसको सुद्धशान्तीका लागि राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ। भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठका सीलामा २ घण्टादेखि निरन्तर पसिना आईरहेको छ। शनिबार दिउँसो १ बजेर ४७ मिनेटदेखि सिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको उनको भनाई छ।

सिलामा पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्। सिला एक्कासि चम्किलो भएर तप–तप बग्न सुरु गरेको पसिना दुई घण्टा देखि निरन्तर रहेको स्थानीयले बताएका छन्।

सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ। पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाईने गरिन्छ। कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने जनविश्वास गरिन्छ।

भीमेश्वरको शिलामा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ। विक्रम संवत् १९९०, २००७, २०२८, २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट