भरतपुरको भतेरीमा बसले पेट्रोल ट्यांकरलाई पछाडिबाट ठक्कर दिँदा १५ जना घाईते

चितवन– नारायणघाट–मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, भतेरीमा यात्रुबसले तेलको ट्याङ्कररलाई पछाडिबाट ठक्कर दिँदा १५ जना यात्रु घाइते भएका छन्। घाईते मध्ये १ जनाको अवस्था गम्भिर छ।

प्रहरीका अनुसार शनिबार अपराह्न ३ बजे नारायणघाटबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बसले सोही दिशामा जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करलाई पछाडिबाट ठक्कर दिएको थियो।

घटनामा १५ जना घाईते भएका छन्। उनीहरु मध्ये १० जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जना मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यसैगरी, पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ। घाइतेहरुको परिचय खुलिसकेको छैन। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएर दुर्घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट