सम्झनाको अविजित ७२ रनको मद्दतले नेपालको ऐतिहासिक जित, ६ विकेटले हार्यो यूएई

काठमाण्डौं– एसीसी वुमन्स एसिया कपमा नेपालले यूएईमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको छ। नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो। यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो।

श्रीलंकाको डाम्बुलामा भएको खेलामा नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै ११६ रनको लक्ष्य पूरा गर्यो। नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नटआउट रहिन् भने पूजा महतो ७ रनमा नट आउट रहिन्। सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भए।

यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन्।

त्यसअघि यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। यूएईकीका लागि खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् भने कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भए।

एक समय यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन्।

नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् भने स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १, सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ र कविता जोशीले १ विकेट लिए।

नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट