मुकुलप्रति रास्वपा उपसभापति वाग्लेको टिप्पणीः गँजेडीको कानेखुसीको जवाफ दिएर साध्य हुँदैन

काठमाण्डौं– भद्रब्यक्ति भनेर चिनिएका रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का उपसभापति डा. स्वर्णिम वाग्लेले निष्कासित महामन्त्री मुकुल ढकाललाई ‘गँजेडी’को संज्ञा दिएका छन्।

ढकालले केही दिनअघिको एउटा अन्तरर्वातामा स्वर्णिम वाग्लेलाई देशद्रोही प्रमाणित गर्ने प्रयास गरेका थिए। नेपाललाई भारतमा गाभ्न वाग्लेले भारतीय राजदुतसँग विन्ति चढाएको ढकालको आरोपपछि वाग्लेले उनलाई गँजेडीको संज्ञा दिदै ‘वाहियात’ कुरा गरेको बताए।

उपसभापति डा. वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको विषयमा कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको बताए। एक कार्यक्रमपछि डा. वाग्लेलाईसञ्चारकर्मीले ढकालको आरोपका विषयमा प्रश्न गरेका थिए।

वाग्लेले उक्त आरोपलाई नकार्दै भने, ‘त्यो वाहियात हो। यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन। हाम्रो प्रवक्ताले नै जवाफ दिइसक्नुभएको छ।’ यस्तो गम्भीर आरोपमा पनि जवाफ नदिने? भन्ने पत्रकारको प्रश्नमा उनले सडकका गँजेडीहरुले गरेका कानेखुसीका बारेमा जवाफ दिएर साध्य नहुने वताए।

वाग्लेले भने, ‘प्रमाण छ त उहाँसित? आरोप त जसलाई जे पनि लगाउन सकिन्छ नि।’ ढकाललाई धम्की दिएको विषय पनि सत्य नभएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट