धरानमा मोटरसाईकलसँग ठोक्किएको बस धनकुटामा ट्यांकरसँग ठोक्कियो, १२ यात्रु घाईते

इटहरी– धरानबाट संखुवासभाको ग्रामिण इलाकातर्फ जाँदै गरेको यात्रुबसले धनकुटामा शुक्रबार दिउँसो दुध बोक्ने ट्यांकरलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्।

धरानबाट यात्रु बोहेर हिड्नासाथ एउटा मोटरसाईकललाई ठक्कर दिएको बसले धनकुटा नगरपालिका–१ सुकेपोखरीनजिक पुगेपछि ट्यांकरलाई ठक्कर दिएको थियो। बा २ ख ७२४७ नम्बरको बसले विपरीत दिशाबाट धनकुटातर्फ आउँदै गरेको को १ च १५३१ नम्बरको ट्यांकरलाई ठक्कर दिँदा बसमा सवार यात्रुहरु घाईते भएका हुन।

दुर्घटनामा संखुवासभाको धर्मदेवी–३ की संगीता पौडेल, मनमाया वसेल, अनोज कार्की, मोरङ बेलबारी–२ का मानबहादुर विश्वकर्मा, धर्मदेवी–९ का काजीबहादुर कार्की, सोहि पालिका–६ का मेनुका पौडेल, विष्णु श्रेष्ठ, सुनसरीको इटहरीका दुर्गा कार्की घाईते छन्।

तेह्रथुमको लालिगुराँस–८ का कल्पना विश्वकर्मा, संखुवासभा धर्मदेवी–९ का देवी परियार, धनकुटा छथरजारेपाटीका आरोही विश्वकर्मा र धर्मदेवी–६ का निराजन बस्नेत पनि घाईते भएको प्रहरीले जनाएको छ।

उनीहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसको चालकको लापर्बाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घाईते यात्रुहरुका अनुसार बसले धरानबाट हिड्ने वित्तिकै एउटा मोटरसाईकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाईकलको विस्तृत जानकारी भने आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट