सहकारी ठगीका आरोपित राजविराजका वडासदस्य पक्राउ, ६ जना अझै फरार

राजविराज — सहकारी ठगीको आरोप लागेका सप्तरीको राजविराज नगरपालिका–३ का वडासदस्य सिद्धार्थ तातेड पक्राउ परेका छन्।

सप्तरी प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहेका तातेडले वचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४५ जना वचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको थिए। प्रहरीले घट्नाको अनुशन्धान गरी तातेडसहित ७ जनालाई प्रतिवादी बनाएर १९ साउन ०८० मै मुद्दा दर्ता गरेको थियो।

त्यसको एक वर्षपछि उनी पक्राउ परेका हुन। अन्य ६ जना अझै फरार छन्। पक्राउ परेका तातेडका सम्वन्धनमा अनुशन्धान गर्न सप्तरी जल्ला अदालतबाट शुक्रबार म्याद लिईएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट