रौतहटमा दाहा नचाउने र झण्डा गाड्ने क्रममा झडप, १९ प्रहरी घाईते

जनकपुर– मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।

रौतहटको राजपुर नगरपालिका–६ कुडियामा दाहा नचाउने र झण्डा गाड्ने क्रममा होहल्ला उच्छृंखल गतिविधि भई धकेलाधकेल हुँदा झडप सुरु भएको थियो। त्यसपछि सम्झाउन पुगेको सुरक्षाकर्मी माथि नै भीडले आक्रमण सुरु गरेको थियो।

घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका मुस्लिम समुदायका ब्यक्तिले अन्धाधुन्ध प्रहरीमाथि आक्रमण गरेको जनाईएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ।

झडपमा नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंका अनुसार घाईतेको अवस्था सामान्य छ। मेलामा नेपाल प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी हुमागाईंको कमान्डमा प्रहरी परिचालन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट