मोटरसाईकललाई ठक्कर दिएर चालकको मृत्यु भएपछि फरार भएका बसका कन्टक्टर भारतबाट पक्राउ

दमक– झापामा मोटरसाईकललाई ठक्कर दिएर चालकको मृत्यु भएपछि फरार भएका बसका कन्टक्टरलाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ।

प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी गाउँपालिका– ६ का २७ वर्षीय पुण्य सिटौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

उनलाई भारतको पानीटंकीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। डीएसपी प्रकाश विष्टका अनुसार ३१ असारको साँझ सिटौलाले चलाएको बसले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–२ मा को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक कमल गाउँपालिका ५ बस्ने ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको थियो।

प्रहरीले तत्कालै बस चालक इलामको माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले कण्डक्टर सिटौलाले बस चलाउँदा दुर्घटना भएको बयान दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट