महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा मुस्लिम समुदायको दाहा मेला हेर्न हिडेका २७ जना यात्रु घाईते

जनकपुर– मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–५ मा लागेको दाहा (ताजिया) मेला हेर्न जाने यात्रु बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाईते भएका छन्।

जलेश्वर नगरपालिका–६ धबौलीबाट पिपरा जाँदै गरेको ज १ त ८०४४ नम्बरको ट्रयाक्टर विहिबार अपरान्ह ४ बजे जलेश्वर नपा–९ स्थित परिकौली चोकनजिकै दुर्घटना भएको हो।

तीव्र गतिमा रहेको ट्रयाक्टर दुर्घटनामा परेर २७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले बताए। घाइतेमध्ये २६ जनाको प्रादेशिक अस्पताल जलेश्वर र गम्भीर घाइते एक जनालाई उपचारका लागि जनकपुर ल्याईएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टामा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनापछि चालक फरार भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट