हेभी सर्प्राईज दिएर सत्ताच्युत गरेका प्रचण्डसँग किन विश्वासको मत माग्ने योजनामा पुगे ओली

काठमाण्डौँ– तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई हेभी सर्प्राईज दिएर कांग्रेससँग मिलिजुली सरकार बनाएका प्रधानमन्त्री केपी शर्मा ओली माओवादीसँग पनि विश्वासको मत माग्ने योजनामा पुगेका छन्।

६ साउनमा विश्वासको मत लिने तयारी गरेका ओलीले माओवादी केन्द्रसहित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका हुन्। विश्वासको मतका लागि ओलीले बुधबार नै संसद् सचिवालय पत्र पठाएका छन्।

प्रधानमन्त्री ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी बताए। उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय चै टुंगो नलागेको वताए।

बर्तौलाले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए। राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने उनको भनाई छ।

तर, नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मत नदिएकै कारण दाहाल नेतृत्वको सरकार ढलेको हो। दाहालले गत २८ जेठमा प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए। उनको पक्षमा मात्र ६३ मत परेको थियो भने विपक्षमा १८४ मत परेको थियो।

दाहाल नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष समेत रहेका ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भई ३१ असारमा शपथ लिएका थिए। प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस र एमालेका १६६ सांसदको समर्थन देखाएका ओलीलाई हाल जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र लोसपाले पनि विश्वासको मत दिने भएका छन्।

राप्रपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन सकारात्मक देखिएका छन्। राप्रपाले कुनै निर्णय भने गरिसकेको छैन। २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सांसदको आवश्यकता पर्छ। कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल र लोसपाका सांसदहरूको संख्या १८७ पुग्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट