ठगी आरोपमा जेल परेकाकै २ करोड ठगीः महाठगका आरोपीलाई अदालतले माग्यो १५ लाख धरौटी

काठमाण्डौं– जेलमा रहेका २ जना ठगलाई जेलमुक्त गर्दिन्छु भन्दै तिनका परिवारलाई पनि ठगेर २ करोडभन्दा वढि रकम लिएका १ जनालाई पूर्पक्षका लागि रिहा गर्न काठमाण्डौं जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटी मागेको छ।

न्यायाधीश दुर्गाप्रसाद खनालको बिहीबारको इजलासले मीनबहादुर बस्नेतसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको हो। ठगी आरोप लागेपछि फरार रहेका बस्नेत मुद्दा दर्ता भएपछि अदालतमा हाजिर भएका थिए।

यो घटनामा यसअघि रामेछापको दोरम्बा गाउँपालिका–५ का ५० वर्षीय दीपक चौलागाईं र उनकी श्रीमती रिताकुमारी चौलागाईं पक्राउ परेका छन्। उनीहरुको विषयमा प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ।

२३ असारमा न्यायाधीश विष्णुप्रसाद आचार्यको इजलासले दीपकलाई ३२ लाख र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई २ लाख धरौटी माग गरेको थियो। रिता २ लाख धरौटी बुझाएर रिहा भए पनि दीपक भने धरौटी नतिरेर पुर्पक्षका लागि कारागारमा छन्।

३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई जेलबाट निकालिदिन्छु भन्दै दीपक, रिता र मीनबहादुर मिलेर २ करोड १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।

त्यो मुद्दा अदालतमा पुगेपछि मीनबहादुर हाजिर भएका हुन। जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद पाण्डेलाई पनि जेलबाट निकाल्छु भन्दै दीपकले ४८ करोड ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो। ताराप्रसादको १७ माघर ०७८ मा डिल्लीबजार कारागारमै मृत्यु भएको थियो। ठगीने दुवै कैदी बैंकिङ कसुरमा जेल परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट