त्रिशुलीमा बेपत्ता १९ यात्रुको शव भेटियो, २ वटा बससहित ४३ यात्रु अझै बेपत्ता

चितवन– गत २८ असारमा चितवनको सिमलतालबाट पहिरोसहित त्रिशूलीमा खसेका दुईवटा बसमा रहेका मध्ये हालसम्म १९ जनाको शव फेला परेको छ। १४ जनाको सनाखत भएर परिवारले शव बुझिकेका छन्। तर, बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ।

सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन्। बुधबार ५ जनाको शव सनाखत भएको हो। ३१ असरमा पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको बुधबार सनाखत भएको छ। रौतहटको गरुडा–९ का ९ बर्षीय बालक अशोककुमार यादव, पर्साको सखुवा प्रसौनी–२ का २८ बर्षिया चन्द्रप्रभा कुमारी चौधरीको पनि शव सनाखत भएको छ।

मंगलबार मात्रै गैंडाकोट ७ मा शव भेटिएका शितामणि थाना भारतका २७ वर्षीय विवेक यादव र मध्यविन्दु १२ पूर्वी नवलपरासीमा शव भेटिएकी वौधिमाई ७ रौतहटकी २९ वर्षीया अमृताकुमारी सनाखत भएको छ। उनीहरु चारै जना काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सका यात्रु हुन्।

बुधबार मात्रै भरतपुर महानगरपालिका–२७, सालबासमा एक र पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ मा रहेको नेपाल भारत सिमानास्थित ब्यारेजपुलमा थप १ जनाको शव फेला परेको छ।

२८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सलाई पहिरोले त्रिशुलीमा धकेलेको थियो।

टिकट काउन्टर र आफन्तले दिएको विवरण अनुसार एञ्जल डिलक्समा ३८ र गणपति डिलक्समा २७ गरी कुल ६५ जना यात्रु र स्टाफ थिए। गणपति डिलक्सबाट हामफालेर रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव, सरोजकुमार गुप्ता र रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासले ज्यान वचाएका थिए।

वेपत्ता बस र ४३ जना यात्रुको शव अझै फेला परेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट