बालेन्द्रको ‘प्रचण्ड डान्स’ किन भयो भाईरल ? निवर्तमान प्रधानमन्त्रीको उपहास गरेको भन्दै आलोचना

काठमाण्डौं– काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह सामान्यता चर्चामै रहन्छन्। उनका हरेक कदममा उनका नगरवासी मात्र होईन, देशकै चासो रहन्छ। खासगरी सामाजिक सञ्जाल उनको क्रेजी (पागल जस्तै) छ।

त्यसैले उनी सार्वजनिक कार्यक्रममा निकै कम निस्किन्छन्। जहाँ जाँदा पनि भीड जम्मा भइहाल्ने भएकाले आफूलाई आउने अधिकांश निम्ताहरु पन्साएर उनी आफुलाई भीडभाडबाट जोगाउँछन्। बाध्यताबस पुग्नै पर्ने ठाउँमा भने उनको उपस्थिती देखिन्छ। तर, पुगेको ठाउँमा उनको फोटो र भिडिओ भाइरल हुने निश्चित नै हुन्छ।

अहिले यस्तै एउटा भीडीओ सामाजिक सञ्जालमा भाईरल छ। उनले निवर्तमान प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हाउभाउ नक्कल गरेर डान्स गरेपछि भीडीओ भाईरल भएको हो।

बालेन्द्रको डान्सको भिडिओ अत्याधिक शेयर भईरहेको छ। भीडीओमा मेयर साह अध्यक्ष दाहालले झै हाताका दुवै बुढी औला घुमाएर र शरीरको हाउभाउ पनि दाहालकै सैलीमा मिलाएर डान्स गरिरहेको देखिन्छ। लामो कपाल आँखा अगाडि आएर पन्साउनु पर्दा भने वेला–वेला उनको हाउभाउ विग्रिन्छ। भीडीओ छोटो छ, तर सामाजिक सञ्जालमा खुवै चर्चा पाईरहेको छ।

जानकारी अनुसार यो भीडीओ गत बुधबारको हो। उनी आफनो एकदमै हितैसी भाईको विवाहमा ताहाचलबाट सोह्रखुट्टे जन्ती गएका थिए। अझ आश्चर्यको कुरा के छ भने– बेहुलो चढेको गाडी बालेन्द्र स्वयम्ले चलाएका थिए।

यही विवाहमा उनी साथीभाईसँग डान्स गरेको भीडीओ अहिले भाईरल भएको हो। उनको डान्सलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिप्पणी भइरहेको छ। कसैले सत्ता वहिर्गमनको समयमा बालेन्द्रले दाहालको नक्कल गरेर मजाक उडाएको आरोप लगाएका छन् भने कतिपयले भने डान्सको प्रशंसा गरेका छन्।

सार्वजनिक कार्यक्रममा हरेक ब्यक्तिले रमाउनु पर्ने भन्दै धेरैले बालेन्द्रको समर्थन गरेका छन्। तर, कतिपयले काठमाण्डौं महानगरपालिकाको मेयर जस्तो ब्यक्तिले पटक पटक देशको प्रधानमन्त्री भएको र राष्ट्रिय दलको अध्यक्षलाई मनोरन्जको बस्तुको रुपमा लिएको भन्दै आलोचना पनि गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट