विराटनगरमा गाडी दुर्घटनामा परी ३० प्रहरी घाईते, ५ को अवस्था गम्भिर

विराटनगर– विराटनगरमा गाडी दुर्घटनामा परेर बुधबार साँझ ३० जना प्रहरी घाईते भएका छन्। घाईते मध्ये ५ जनाको अवस्था गम्भीर छ।

विराटनगर महानगरपालिका–१५, भट्टीमोडमा प्रहरीको बा १ ग २५५९ नम्बरको ‘टु टन’ गाडी दुर्घटनामा परेको हो। जसमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठ घाईते भएका छन्। तत्काल अन्यको नाम खुलेको छैन।

घाइते भएका मध्ये कोशी अस्पतालमा २१, न्यूरो अस्पतालमा ५, विराट टिचिङ अस्पतालमा २ र नोबेल अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार मुस्लिम समुदायको ‘मोहरम’ पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन मोरङ प्रहरीले थप मद्दत मागेपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो। प्रहरी टोली इलाका प्रहरी कार्यालय रानी जाँदै गर्दा भट्टीमोर्डको टर्निङमा दुर्घटनामा परेको हो।

स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा गाडी दुर्घटना भएको एसएसपी काफ्ले को भनाई छ। गाडीमा ५४ जना प्रहरी सवार थिए। घाइते अधिकांश प्रहरी जवान हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट