पालेको कुकुर कुटेको रिसमा ढुंगाले हानेर आफनै वुबाको हत्या

काठमाण्डौं– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कुकुर कुटेको रिसमा एक युवकले ढुंगाले हानेर आफनै वुबाको हत्या गरेका छन्।

कावासोती नगरपालिका–५, ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो।

डीएसपी बेदबहादुर पौडेलका अनुसार बुबाले घरमा पालेको कुकुरलाई कुटेको विषयमा बुधबार बिहान सवा ११ बजे बुबाछोराबीच झगडा भएको थियो। प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो।

सोही आबेगमा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले निराजनलाई पक्राउ गरी घट्नाको अनुसन्धान थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट