देब्रे हात भाँच्चिएका बालकको दाहिने हातमा प्लास्टर, डाक्टरको लापर्वाहीले ७ वर्षीय बालक भाईरल

काठमाण्डौं– उपचारमा चिकित्सकको गम्भिर लापर्वाहीका कारण शल्यक्रिया गर्दा कसैको पेटमा कैची छुडेको, कसैको पेटमा मोवाईल छुटेको त कसैको पेटकमा कपडा छुटेका कुरा हामीले सन्दै आएका हुन। यी कुराहरु कतिपय सत्य होलान, कतिपय कुरा असत्य पनि होलान।

तर, बझाङमा भने चिकित्सक तथा स्वास्थ्यकर्मीको लापर्वाहीको सीमा नाघेको छ। देब्रे हात भाँचिएर जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुगेका दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्यालको स्वास्थ्यकर्मीले दाहिने हातमा प्लास्टर गरिदिएका छन्।

यो घट्नाको तस्विर अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ। मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीको आलोचना भईरहेको छ।

दाजु आदेशका अनुसार सुनील आइतबार साँझ घरको ढोकानजिकै लडेका थिए। सोमबार दिउँसो करिव ३ बजे उनलाई जिल्ला अस्पताल सिमखेत पुर्याईयो। एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखिएपछि शल्यक्रियाका लागि वार्डमा भर्ना गरियो।

केही बेरमा प्लास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे। प्लास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई आदेशको जिम्मा लगाए। आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए। उनले त्यहाँ मात्रै गलत हातमा प्लाष्टर भएको भेउ पाए। त्यसपछि आदेशले भिडियो बनाउन थाले। त्यो देखेर क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे पछि सुनीललाई फेरी भित्र लगियो। त्यसपछि भने पहिलाको पलास्टर फालेर फेरि अर्को हातमा प्लाष्टर गरिएको आदेश बताउँछन्।

मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिस्चार्ज गरेको छ। भाँच्चिएको हड्डीलाई तारले बाँधेर जोडिएको अस्पतालका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए। उनले अस्पतालका कर्मचारीको कमजोरी भएको स्विकार गरे।
जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले भने हाडजोर्नी विषेशज्ञ डा. खड्कासहितको टोलीले नै यस्तो कमजोरी गरेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट