मधेशमा सरकारको नेतृत्व गर्ने लडाईले संघीय सरकारमा जसपा नेपाल र जनमत सत्ता वाहिर

राजविराज– संसदका दुई ठूला दल कांग्रेस र नेकपा एमालेको मिलिजुली सरकारलाई समर्थन गरेर पनि सरकारमा नगएका जसपा नेपाल र जनमतको टकराव अव मधेश प्रदेशमा देखिने भएको छ।

७ वर्षसम्म मधेशमा एकछत्र राज गरेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल अहिले सत्ता वाहिर छ। अशोक राईले जसपालाई विभाजन गरे पनि मधेशमा त्यसको खासै असर देखिएको छैन। अहिले मधेश सरकारको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको छ।

सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य सतीशकुमार सिंह मुख्यमन्त्री छन्। ६ दलका ५५ जना सांसदको समर्थनसहित २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका सिंहले हालसम्म सरकारलाई पूर्णता दिन सकेको छैनन्।

जनमतले प्रदेश सरकारमा आफनै नेतृत्वको सरकारलाई कांग्रेस–एमालेले समर्थन गरुन भन्ने अपेक्षा गरेको छ। तर, जसपा नेपाल भने जनमत नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन एमाले–कांग्रेसले फिर्ता लिए आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीतिमा छ।

मधेशमा दुवै दलबीच अस्तित्वको लडाइँ छ। यी दुवै दलका नेता एक अर्कालाई स्विकार गर्ने पक्षमा छैनन्। दुवै जना एकले अर्कोलाई विस्थापित गर्ने होडबाजी लागेका छन्। सप्तरी–२ बाट जनमतका अध्यक्ष सीके राउतले उपेन्द्र यादवलाई झण्डै दोब्बर मतले पराजित गरेका थिए।

बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनाव मार्फत उपेन्द्र यादव संसद प्रवेश गरेका हुन। यीनिहरुको टकराव यतिसम्म देखिएको छ की कुनै पनि सार्वजनिक समारोहमा दुवै नेता एकै पटक देखिएका छैनन्।

यही टकरावका कारण दुवै दल आफनो नेतृत्वको सरकार वनाउने रणनीति अनुसार संघीय सरकारमा सहभागि नभई पर्ख र हेरको अवस्थामा छन्।

१ सय ७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८, नेकपा एसका ७, स्वतन्त्र ६, राप्रपाका १, संघीय समाजवादीका १ र नागरिक उन्मुक्तिका १ जना सांसद छन्।

मधेश प्रदेशमा सरकार बनाउन ५४ जना सांसद भए पुग्छ। कांग्रेस, एमाले र जनमत मिल्दा पुग्छ ५८ तथा कांग्रेस, एमाले र जसपा नेपाल मिलेमा सांसद संख्या ६१ हुन्छ। त्यसैले कांग्रेस–एमाले गठवन्धनले जसलाई समर्थन गर्छन, उसैको सरकार वन्ने अवस्था छ।

यस आधारमा कांग्रेस–एमाले गठवन्धनले कसलाई साथ देलान भन्ने अन्यौलतका कारण दुवै पार्टी संघीय सरकारमा सहभागि नभई वार्गेनिङ पोईन्ट कायम राखेको जानकारहरु बताउँछन्। यद्यपी, सरकार बनाउने बारेमा कुनै कुरा नभएको तर गठबन्धनबाट त्यो विषयमा छलफल भएमा आफ्नो दल तयार रहेको जसपा नेपालका सांसद तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट