बालिका बलात्कार गरेको आरोपमा सिन्धुलीका नवराज भक्तपुरमा पक्राउ

काठमाण्डौं– भक्तपुरको कमलबिनायक बसपार्कस्थित शौचालय नजिक शनिबार राति एक १५ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३८ वर्षीय नवराज श्रेष्ठलाई पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका–८ सुडाल बस्दै आएका श्रेष्ठलाई मंगलबार बिहान पक्राउ गरिएको हो।

श्रेष्ठले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरी वृत्त जगातीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट