गुजरातमा चन्दिपुरा भाइरसको त्रासः ६ बालबालिकासहित १२ को मृत्यु

काठमाण्डौं– भारतको गुजरात राज्यमा ६ दिनभित्र असामान्य तरिकाले ६ जना बालबालिकाको मृत्यु भएपछि त्यहाँ स्वास्थ्यकर्मी र सरकारी अधिकारीहरु सचेत भएका छन्। जुलाई १० यता मृत्यु भएका ती बालबालिकामा चन्दिपुरा नामको भाइरसका मरेको हुन सक्ने आशंका गरिएको छ।

यो घट्ना पुष्टि भए चन्दिपुरा भाइरसको सङ्क्रमणका कारण मर्नेको संख्या १२ पुग्ने गुजरातका स्वास्थ्य मन्त्री रुशिकेश पटेलले बताए। उनले भनेका छन्–‘१२ जना बिरामीको नमुना पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी)मा पुष्टिका लागि पठाइएको छ। मृत्यु भएका बालबालिकामा चन्दिपुरा भाइरसको सङ्क्रमण थियो कि थिएन भन्ने चाहिँ रिपोर्ट आएपछि थाहा हुन्छ।’

चन्दिपुरा भाइरसको सङ्क्रमण भएपछि बिरामीलाई फ्लुको सङ्क्रमणमा देखिने जस्तै लक्षणहरू देखापर्न र ज्वरो आउँने जनाईएको छ । कसै कसैको मस्तिष्क सुन्निन्छ । वर्षातको समयमा लामखुट्टे, किर्ना र भुसुनाको टोकाइबाट यो भाइरस सर्छ।

यो भाइरस सन् १९६५ मा महाराष्ट्रको चन्दिपुरा गाउँमा भेटिएकाले यसको नाम चन्दिपुरा राखिएको हो। गुजरातको सीमावर्ती राज्यमा भाइरसको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाउन थालिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट