मन्त्रीको बधाई खाईसकेका ‘बैगुनी केटो’ लाई ओलीको धोका, लिष्टबाट यसरी फालिए योगेश

काठमाण्डौं– नेपाली कांग्रेसको सहयोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा उनको पार्टीबाट मन्त्री बन्नेको लिष्टमा ‘बैगुनी केटो’ अर्थात योगेश भट्टराईको नाम पनि थियो। तर, सपथ ग्रहण समारोहमा पुग्दासम्म भट्टराईको नाम लिष्टमा अटाउन सकेन।

खासमा योगेश मन्त्री बन्ने पक्का जस्तै थियो। एमाले सचिवालय बैठकले नै अनुभवी र सिनियर नेताहरु मन्त्री बन्ने मापदण्ड बनाएकाले योगेश भट्टराई, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ लगायत सांसदहरु मन्त्री बन्ने निश्चित थियो। ओली निकट नेताहरुले चुहाएको सूचनामा पनि भट्टराई लिष्टमा थिए।

उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारको प्रबक्ताको रुपमा चर्चा गरिएको थियो। धेरैको बधाइ समेत खान भ्याई सकेका भट्टराई अन्तिम समयमा किन टीममा अटाउन सकेनन् भनेर अहिले सर्वत्र चासो छ।

खासमा एमाले अध्यक्ष ओलीलाई दुई नेतामा एक छान्ने चुनौती थियो। मन्त्रीको कोटामा बैगुनी केटोलाई छान्ने कि सधैं गुन लगाईरहेका छिमेकी देवेन्द्र दाहाललाई भन्ने कठिन मोडमा थिए ओली। ओली आफैलाई पनि यो विषयमा निर्णय गर्न निकै कठिन भएको स्रोत बताउँछ।

तर, अन्तिम अवस्थामा बैगुनी केटोलाई किनारामा राखेर अध्यक्ष ओलीले नयाँलाई अवसर दिने भन्दै दाहाललाई मन्त्री बनाएको बनाए। यद्यपी योगेश पनि अध्यक्ष ओलीले रुचाएका पात्र हुन। ओलीले नै उनलाई ‘बैगुनी केटो’ को उपनाम दिएका थिए।

०७८ माधव नेपालले पार्टी फुटाएर जाँदा योगेश पनि उतै लागे। गुटमा लागेपछि योगेशले क्रान्तिकारी भएर ओली विरुद्ध ‘जेहाद’ छेडेका थिए। तर, ओलीले त्यति हुँदा पनि उनलाई गाली गरेनन्। योगेशको टिप्पणीमा उनले आपत्ति पनि जनाएनन्। आफैले मन्त्री बनाएको ब्यक्ति माधव नेपाल तिर लागेर गाली गर्न थालेपछि उनको एउटै टिप्पणी थियो–‘त्यो बैगुनी केटो’।

यद्यपी, दाहाललाई टीममा ल्याउन यस पटक ओलीले मायाँ गरेका भट्टराई किनारामा परे। झापाका दमक– ५ घर भएका दाहाल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता हुन् भने अध्यक्ष ओलीका छिमेकी। मन्त्रीमा उनको खासै चर्चा थिएन। २४ असारको सचिवालय बैठकबाट एमालेले ‘एक व्यक्ति, एक जिम्मेवारी’ को नीति अपनाउने निर्णय गरेको र दाहाल दलका नेता रहेकाले पनि मन्त्रीका रुपमा उनलाई कसैले शंका नै गरेको थिए।

तर पार्टी पंक्तिलाई हेभी सर्प्राईज दिदै ओलीले दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिए। नेताहरुका अनुसार उनी पनि पार्टी अध्यक्ष ओलीका प्रिय पात्र हुन।

ओलीके कारण दाहालले पटक पटक राम्रो अवसर पाउँदै आएका छन्। ओली पहिलोपटक प्रधानमन्त्री हुँदा दाहाललाई जनसम्पर्क सल्लाहकार नियुक्त गरेका थिए। ०७६ सालमा ओलीले नै दाहाललाई राष्ट्रियसभा सदस्य बनाए। अहिले उनी राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता छन्।

पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय दाहालले झापामा ओलीलाई भरपुर सहयोग गर्दै आएका छन्। पार्टीभित्रको गुटबन्दीमा बलियोगरी साथ दिने र बाहिरी वातावरण बनाउने भूमिकामा दाहाल ओलीका खास मान्छे हुन।

झापा क्षेत्र नम्बर ५ (२) का प्रदेशसभा सदस्य होमबहादुर थापाका अनुसार पाँचौंदेखि आठौं जिल्ला अधिवेशनसम्म गरी लगभग १४ वर्ष एमाले झाको नेतृत्व गरे। ०७४ मा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा ओलीले दाहाललाई सिधै केन्द्रीय सदस्य मनोनित गरे।

चितवनमा भएको दशौं महाधिवेनबाट दाहाल केन्द्रीय सदस्य निर्वाचित भए। त्यसपछि दाहाल पोलिट्ब्यूरो सदस्यमा बढुवा भएका छन्। उनी मेहनती र लगनशील नेताका रुपमा चिनिन्छन्। संगठनको काम मिहिन ढंगले गर्न सक्ने क्षमता भएका उनी हल्लाखल्लामा नभई काममा विश्वास गर्ने नेता हुन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट