रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु

काठमाण्डौं– रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालिकाको मृत्यु भएको छ।

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ४ वर्षीया मनिसा सार्की पुरिएकाको मृत्यु भएको हो। खोलामा लेदो माटोमा पुरिएका कारण बालबालिकाको मृत्यु भएको जनाईएको छ। ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता छन्।

बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन्।

घाईतेहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो। घटनास्थलमा इलाका प्रहरी पोष्ट आठबिसकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली तत्कालै खटिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट