एक वर्षअघि चिट खोसेको विषयले महेन्द्र मोरङ क्याम्पस अशान्त, प्राध्यापकमाथि हातपात

विराटनगर– एक वर्षअघिको परीक्षामा प्राध्यापकले चिट खोसेको विषयले मोरङको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस यतिवेला अशान्त वनेको छ। घट्नाको एक वर्षपछि २७ असारमा केही विद्यार्थीहरु क्याम्पसमा गएर उपप्रध्यापक अर्जुन तामाङलाई हातपात गरेपछि अवस्था असामान्य वनेको हो।

विद्यार्थीहरु अनेरास्ववियुकी नेतृ रिंकु चौधरी र अखिलकै क्याम्पस इकाइ अध्यक्ष माधव पासवानको समूहले उपप्राध्यापक तामाङलाई कार्यकक्षमै गालीगलौज र हातपात गरेको आरोप छ। २८ साउन २०८० मा सञ्चालन भएको मानविकी संकाय बिए दोस्रो वर्षको परीक्षामा चिट चोरेको देखेपछि पर्यवेक्षक रहेका तामाङले खोसेका थिए।

परीक्षामा चिट चोर्न नपाएपछि विद्यार्थी फेल भएको भन्दै तामाङमाथि कुटपिट भएको थियो। परीक्षालाई मर्यादित बनाउन चिट चोर्न नदिएकै कारण एक वर्षपछि कार्यकक्षमै अभद्र व्यवहार र कुटपिट भएपछि महेन्द्र मोरङ क्याम्पसमा शिक्षाशास्त्रको कार्यक्रम संयोजकसमेत रहेका उपप्राध्यापक तामाङले राजीनामा दिएका छन्।

उनले आफूमाथि आक्रमण भएको र काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका हुन्। आफूमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारबाही गर्नुपर्ने उनको माग छ।

यतिमात्रै होईन, यो क्याम्पसका विद्यार्थीहरु पछिल्लो समय अराजक रुपमा प्रस्तुत भईरहेको घट्नाक्रमले पुष्टि गर्छन। गत २७ जेठमा कांग्रेस निकट नेविसंघका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियोमा अन्धाधुन्द आक्रमण र गाडी तोडफोड गरेका थिए।

विद्यार्थीले आगजनी गर्दा योजना आयोगको स्कारपियो जलेर नष्ट भएको थियो। उक्त गाडीमा सवार योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारीलाई पनि समान्य घाईते भएका थिए। उनले आफुलाई गाडीभित्रै जलाउने प्रयास भएको आरोप समेत ल गाएका थिए।

यसैगरी, सरकारी नम्बर प्लेट कै बिएबी ८१८० साथै नेपाल विद्युत् प्राधिकरणको बा १ ज १८८७, बा १ ज २४१९, बाग्मती प्रदेश ०१– ००१ ञ २७०१ र बाग्मती प्रदेश ०१–००१ ञ २७९० नम्बरको गाडीमा आगजनी भएको थियो।

स्ववियुका सभापति समेत रहेका जसवन्त पौडेल र सचिव सनम ठकुरीले उक्त तोडफोडको नेतृत्व गरेका थिए। २४ जेठमा रङ्गेली नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीबीच विवाद भएको विषयले यो घट्ना भएको थियो।

केही दिन अगाडि क्याम्पसका विशेष शैक्षिक कार्यव्रmम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीहरुले रुखमा झुण्ड्याई दिएका थिए। सुवेदीमाथि पुस्तक तथा पिउने पानीको ब्यवस्था मिलाउन नसकेको आरोप विद्यार्थीहरुको थियो।

महेन्द्र मोरङकै विद्यार्थीको अगुवाइमा केही समय अगाडि परीक्षा नियन्त्रण कार्यालयको गाडीमा पनि आगो लगाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट