श्रीमतीले हालेको बलात्कार मुद्दामा गायक रवि ओडलाई सफाइ

काठमाण्डौं– श्रीमतीले हालेको वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतले उनलाई अभियोग दावी नपुग्ने भन्दै सफाई दिएको हो।

न्यायाधीश चाणकमणि अर्यालको आईतबारको इजलासमा उक्त मुद्दाबारे सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको कञ्चनपुर जिल्ला अदालतको वेबसाइटमा उल्लेख छ।

ओडविरुद्व उनकी श्रीमतीले गत २० चैतमा बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन। इलाका प्रहरी कार्यालय झलारीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएको थियो।

तर, उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेनन्। विदेशबाट फर्किएपछि उनी आफै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरे। अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका कृष्णपुर नगरपालिकाका निवासी ओड नेपाल आइडल सिजन २ का विजेता हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट