कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने गरी काम गर्ने मन्त्री पाण्डेको प्रतिवद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पदभार ग्रहणसँगै पर्यटन नीति–२०६५ लाई संघीयता अनुकुल बनाउन परिवर्तन गर्ने पहिलो निर्णय गरेका छन्। यो निर्णय गर्दैगर्दा उनले कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने गरी काम गर्ने बताए।

‘पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्नेगरी कार्यदल गठन गर्नेगरी परिर्माजन गर्नेछौं।’– उनले भने।

पाण्डेले निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने दाबी गरे। जनताले भ्रष्टाचारको न्यूनीकरण गरी सुशासनको प्रत्याभूति खोजीरहेकाले बताएका उनले युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेकाले सबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने जनाए।

ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउने भन्दै उनले नेपालको पर्यटन क्षेत्रमा लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको पनि बताए। आगामी दिनमा सोहीअनुसार काम गर्ने उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट