घाँटी रेटेर श्रीमतीको हत्या गरी छोरो लिएर भागेका श्रीमान बीच जंगलको गोठबाट पक्राउ

काठमाण्डौं– श्रीमतीको घाँटी रेटेर हत्या गरी ६ वर्षका नाबालक छोरा लिएर फरार भएका रूकुम पूर्वको भूमे गाउँपालिका–६ तामारी चिरापानीका २७ वर्षीय जीवन ओली पक्राउ परेका छन्। घरदेखि करिव डेढ घण्टाको दुरीमा जंगलको बीचमा रहेको एउटा गोठमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन।

२५ वर्षीया श्रीमती अप्सरा ओलीको हत्या गरी छोरा आयुषसहित फरार भएका जिवनले अपराध स्विकार गरेको प्रहरीले जनाएको छ। जीवनले शुक्रबार बेलुका करिव ५ बजे अप्सराको हत्या गरेको खुलेको छ। तर, स्थानीयले खबर गरेपछि राति ११ बजेतिर मात्रै प्रहरीले अप्सराको हत्याबारे जानकारी पाएको थियो।

प्रहरीका अनुसार जीवन शुक्रबार दिउँसो गाउँमै एक जनाको बिहेमा गई मदिरा सेवन गरेर फर्किएका थिए। लामो समयदेखि बेमेल र मनमुटाव रहेका दम्पत्ति त्यसपछि कागती गोड्न गएको खुलेको छ। त्यसैक्रममा उनीहरुको बीचमा विवाद भएपछि सुरूमा ढुंगाले हानेर अप्सरालाई अचेत बनाई खुकुरीले घाँटीमा हानेको जीवनले बताएका छन्।

‘कागती गोड्न जाँदा पनि उनीहरू आपसमा बाझ्दै गएका रहेछन्। झगडा उत्कर्षमा पुगेपछि श्रीमानले श्रीमतीमाथि ढुंगा प्रहार गरेका रहेछन्। रनथनिदै ढलेपछि साथमै रहेको खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्छ’– जिल्ला प्रहरी कार्यालका डीएसपी माधवप्रसाद पोखरेलले भने।

घटना भएलगत्तै जीवन छोरालाई लिएर पैदलै जंगलतिर लगेका थिए। आयुषलाई आफन्तको जिम्मा लगाउने तयारी गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट