ओलीका छिमेकी: ओलीको जनसम्पर्क सल्लाहकारदेखि क्याविनेट मन्त्रीसम्म

काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बन्दा उनका छिमेकी देवेन्द्र दाहाल पनि मन्त्रि बनेका छन्। नेकपा एमालेले पाएको कोटाबाट राष्ट्रिय सभा सदस्य दाहाललाई भौतिक पूर्वाधारमन्त्री बनाईएको हो।

झापाको दकम नगरपालिका ५ घर भएका दाहाल कम्युनिस्ट राजनीतिको लामो अनुभव भएका नेता हुन्। ओली पहिलो पटक प्रधानमन्त्री बन्दा दाहाल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिए।

नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं पार्टीको स्थानीय विकास विभागको प्रमुखसमेत रहेका उनी शिक्षकको जागिर छोडेर ०५१ सालदेखि पूर्णकालिन राजनीतिमा लागेका हुन। दाहालले विज्ञान शिक्षकका रूपमा १३ वर्ष काम गरेका छन्। ०४२ सालको शिक्षक आन्दोलनका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

राजनीतिक पृष्ठभूमी
१६ भदौ ०१५ मा ताप्लेजुङमा जन्मिएका दाहाल ०४५ सालदेखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आवद्ध भएका थिए। ०४६ को जनआन्दोलनमा प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

०५१ मा नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालय सदस्य बने। २३ जेठ ०५३ देखि २७ भदौ ०६६ सम्म (१३ वर्ष) एमाले झापाको नेतृत्वमा रहे। ०७३ सालमा नेकपा एमाले प्रदेश कमिटीको सदस्य, नेकपाको केन्द्रीय सदस्य भएका उनी २०७८ मंसिरमा चितवनमा भएको नेकपा एमालेका दशौँ महाधिवेशनबाट पार्टीको पोलिटव्यूरो सदस्य निर्वाचित भएका थिए।

२०७६ मा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित दाहालले राष्ट्रिय सभा सदस्यबाट दलको प्रमुख सचेतक हुँदै दलको नेताको भूमिका पनि रहे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट