प्रधानमन्त्री ओलीका पिता पूर्वप्रधानमन्त्रीको लाईनमा

काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज सपथ ग्रहण गरी २२ सदस्यीय मन्त्रिपरिषद गठन गरिसकेका छन्। राष्ट्रपति राचन्द्र पौडेलले ओलीलाई देश र जनताको नाममा शपथ गराए।

शीतल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरुको पनि उपस्थिती थियो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल लगायत बसेकै ठाउँमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली पनि थिए।

उनी प्रधानमन्त्री र मन्त्रीहरूको शपथ चलिरहँदा दर्शक दीर्घामा बसेर समारोह हेरिरहेका थिए। मोहनप्रसाद यसअघि पनि ओली प्रधानमन्त्री हुँदा शपथ ग्रहणमा काठमाडौं आउने गरेका थिए। ओली २०७२ र २०७४ मा प्रधानमन्त्री हुँदा पनि मोहनप्रसादलाई शपथ ग्रहण समारोहमा देखिएको थियो।

९६ वर्षका मोहनप्रसाद ओली प्रधानमन्त्री भएका बेला केही समय बालुवाटारमा पनि बसेका थिए। प्रधानमन्त्री ओलीकी आमा मधुको भने निधन भइसकेको छ। ७३ वर्षीय ओली २००८ सालमा जन्मिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट