प्रहरीले गोली हानेर एक जना डाका समात्यो

जनकपुर– महोत्तरीमा प्रहरीले आईतबार राती गोली हानेर एक जना डाका समातेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४० वर्षीय बीजेन्द्र पासवनलाई घुँडा मुनि गोली हानेर पक्राउ गरिएको हो।

महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनी स्थित सर्लाही र मोहत्तरी सिमानामा पर्ने सितलपुरबाट पासवान पक्राउ परेका हुन। उनीमाथि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा भएका डकैतीमा संलग्न भएको आरोप छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गस्तिमा खटिएको प्रहरी टोलीसँग आईतबार राती साढे १० पासवानको जम्का भेट भएको थियो। सोही क्रममा उनी भाग्न खोजेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीका डीएसपी संतुलाल प्रसाद जयसवारले जानकारी दिए।

प्रहरीको गोली लागेर घाईते भएका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट