पुर्वराष्ट्रपति भण्डारीले सरकारमा भाग खोजेपछि ओलीलाई सकसः भण्डारीका ३ नाम मध्ये बास्कोटा छुटे

काठमाण्डौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आईतबार प्रधानमन्त्रीमा नियुक्त हुनासाथ पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगे। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन्।

प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्री ओलीसहित चपलीमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता सामेल भएका थिए। भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी थिईन।

ओली र भण्डारीको भेटलाई चासोका रुपमा हेरिएको छ। खासमा ओली प्रधानमन्त्री भएसँगै एमालेमा भण्डारी गुट ब्युँतिएको छ। भण्डारीले ओली समक्ष आफनो गुटबाट तीन जनालाई मन्त्री बनाउन सूचि पठाएकी थिईन।

भण्डारीले ईश्वर पोखरेल मार्फत पृथ्वी सुब्बा गुरुङ, गोकुल बास्कोटा र योगेश भट्टराईलाई मन्त्री बनाउन ओलीलाई सूची बुझाएकी छिन्। यी मध्ये गुरुङ र भट्टराई मन्त्री बन्ने सूचिमा छन्। तर, बोस्कोटाको नाम चर्चामा छैन।

यही विषय टुङ्गो लगाउन ओली चपली पुगेको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट