स्पेनले जित्यो युरो कप २०२४ को उपाधि, इङल्यान्ड फेरी पनि उपाधि विहिन

काठमाण्डौं– इङल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ। आइतबार राति बर्लिनको ओलम्पियाड स्टेडियममा भएको फाइनलमा इङल्यान्डलाई पराजित गरेसँगै स्पनेले चौथो पटक युरोकपको उपाधि उचालेको हो।

स्पेनले सन् १९६४, २००८, २०१२ मा पनि युरो कपको उपाधि जितेको थियो। इङल्यान्डविरुद्ध स्पेनले दुई पटक अग्रता बनाएको थियो। खेलको ४७ औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ७३ औँ मिनेटमा इङल्यान्डका वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कोम पालमरले गोल गर्दै इङल्यान्डलाई बराबरीमा फर्काए। तर खेलको ८६ औँ मिनेटमा मिकेल ओयारजाबालको गोलमा स्पेनले पुनः अग्रता बनाएको थियो।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा स्पेनले उपाधि जित्यो। स्पेनको जितसँगै इङल्यान्ड फेरि पनि उपाधि नजिक पुगेर हिस्सिएको छ। यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो। इङ्ल्यान्ड ५८ वर्ष (सन १९६६) देखि उपाधि विहीन छ।

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो। स्पेनले प्रतियोगिताभर कूल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट