यी हुन एमालेबाट मन्त्रीका सम्भावित अनुहार, सवै जिम्मा ओलीलाई

काठमाण्डौं– एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा एमालेलाई ८ वटा मन्त्रालय भाग लागेपनि अहिलेसम्म विष्णु पौडेल वाहेक कसैको पनि नाम सार्वजनिक भएको छैन। तर, प्रधानमन्त्री ओलीले भोलि आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन्।

यसको मतलव सवै मन्त्रीको नामावली तयार छ। पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पक्का भइसकेको छ। त्यस बाहेकका सबै मन्त्रीहरुको शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ।

एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्षलाई भएका कारण नाम वाहिर आउन समय लागेको हो। सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको थियो। जसअनुसार ओलीले मन्त्री छानिसकेको तर पक्का नगरेको एक नेताले वताए।

उच्च स्रोतका अनुसार ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन् भने जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने सूचिमा छन्।

कास्कीकी विद्या भट्टराई, दामोदर भण्डारी वा तारा लामा मन्त्री बन्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट