कपडा धुन गएका १२ र १४ वर्षका दिदी वहिनीको कुवामा डुबेर मृत्यु

काठमाण्डौं– स्याङ्जामा कपडा धुन गएका दिदीवहिनीको कुवामा डुबेर मृत्यु भएको छ।

पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरा निवासी नरेन्द्रबहादुर थापाका दुई छोरीहरु १४ वर्षीया लक्ष्मी र १२ वर्षीया सुस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी ईन्द्रबहादुर रानाका अनुसार उनीहरु कपडा धुन कुवामा गएका थिए।

घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा डुबेर मृत्यु भएका मध्ये लक्ष्मी कक्षा ९ र सुस्मिता कक्षा ५ मा अध्ययनरत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट