किस्ता बुझाउन नसक्दा बैंकका कर्मचारीको खप्कीः टर्चर थेग्न नसकेर ब्यवसायीले गरे आत्महत्या

विराटनगर– मोरङको रङ्गेली नगरपालिका –२, बेतौनामा किराना पसल गर्दै आएका एक ब्यवसायीले विराटनगरको एक होटलमा आत्महत्या गरेका छन्।

रतुवामाई नगरपालिका– ५, लारिकट्टा घर भएका ३३ वर्षीय गजेन्द्र साहले आत्महत्या गरेका हुन्। उनको शव विराटनगरको रोडशेष चोक स्थित फ्रेन्ड्स कर्नर रेस्टुरेन्ट बार एण्ड लजमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

गजेन्द्रका दाजु राजेशकुमारका अनुसार सिभिल बैंकबाट लिएको १ करोड ५० लाख रुपैयाँको किस्ता वुझाउन नसकेपछि गजेन्द्रले आत्महत्याको बाटो रोजेका हुन। गजेन्द्रले बैंकलाई त्रैमासिक रुपमा १० लाख रुपैयाँ किस्ता बुझाउनुपर्ने थियो।

तर, उनले पछिल्लो महिना किस्ता बुझाउन सकेका थिएनन्। त्यसपछि बैंकका कर्मचारीले दिएको मानसिक तनावले उनी विछिप्त भएका थिए। राजेशका अनुसार उनी शुक्रबार ‘बैंकमा किस्ता बुझाउन जान्छु’ भनेरै घरबाट हिँडेका थिए। तर, बैंक नगएर होटलमा आत्महत्या गरेको अवस्थामा भेटिएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट