यी हुन् कांग्रेस–एमालेको बाडफाँटमा परेका १७ मन्त्रालय

काठमाण्डौं– १७ असारमा शेसबहादुर देउवा र केपी शर्मा ओलीले गरेको सहमति अनुसार कांग्रेस–एमालेले मन्त्रालयको भागवण्डा टुङ्ग्याएका छन्। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति बनेको छ।

एमालेले अर्थ र कांग्रेसले गृह मन्त्रालय लिने समझदारी पहिला नै जुटेको हो। हालसम्मको जानकारी अनुसार एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित अर्थको नेतृत्व गर्नेछन् भने कांग्रेसबाट गृहमा प्रमुख सचेतक रमेश लेखकलको नाम चर्चामा छ।

प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय लिएर सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन्। सभापति शेरबहादुर देउवा पत्नि आरजु परराष्ट्र मन्त्री बन्ने पक्का जस्तै छ।

कांग्रेसको भागमा परेका मन्त्रालयः
गृह मन्त्रालय
रक्षा मन्त्रालय
परराष्ट्र मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सहरी विकास मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
वन तथा वातावरण मन्त्रालय

एमालेको भागमा परेका मन्त्रालयः
अर्थ मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
शिक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट