ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, सपथ ग्रहण भोली ११ बजे

काठमाण्डौं– नेपाली कांग्रेसका सांसदको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीको शपथ ग्रहण भोलि बिहान ११ बजेका लागि आयोजना गरिएको छ। ओली प्रधानमन्त्री भएको यो चौथो पटक हो। २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका उनलाई ५९७ मध्ये माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ दलका ३३८ सांसदले समर्थन गरेका थिए।

यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट