चौथो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जित्ने योजनामा स्पेन, कडा टक्कर दिँदै इंग्ल्यान्ड

युरोपियन च्याम्पियनसिप २०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच भिडन्त हुने भएको छ। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज राति फाईनल खेल हुनेछ।

स्पेन चौथोपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदै छ भने इंग्ल्यान्ड ह्यारी केनको कप्तानीमा पहिलो पटक फाईनल जित्ने योजनामा छ। स्पेनले यस अघि सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो।

स्पेन अल्भारो मोराटाको कप्तानीमा प्रभावशाली अट्याकरद्वय लामिन यमल र निको विलियम्ससँगै मैदानमा उत्रदैछ। फाइनलसम्म आइपुग्दा प्रतियोगितामा स्पेनका ६ खेलाडीले समान तीन गोल गरेका छन।

प्रतियोगितामा दुवै टोली अपराजित छन । स्पेनले जर्मनीविरुद्ध अतिरिक्त समयमा खेल जितेको हो भने त्योबाहेक सबै खेल उसले ९०औँ मिनेटमै टुंगो लगाएको छ। यता, अन्तिम आठबाटै घर फर्कने अवस्थामा पुगेको इंग्ल्यान्डले भने साकाको उत्कृष्ट गोलसँगै जिवनदान पाएर फाईनलमा पुगेको हो।

टोली पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भएको थियो। स्पेनले पहिलो खेलमा क्रोएसिया हुँदै इटाली र अल्बानियालाई समूह चरणमा हराएको थियो। नकआउटमा जर्जिया, जर्मनी र फ्रान्सलाई हराएको हो।

इंग्ल्यान्डले सर्बियालाई १–० ले हराउँदा दोस्रो खेलमा डेनमार्कसँग १–१ र स्लोभेनियासँग गोलरहित बराबरी खेल्यो। अन्तिम १६ मा स्लोभाकियालाई २–१ तथा क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेको इंग्ल्यान्डले सेमिफाइनलमा भने नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट