अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, गोली प्रहार गर्ने ब्यक्ति सुरक्षा कारवाहीमा मारिए

काठमाण्डौं– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली प्रहार गर्ने ब्यक्ति मारिएका छन्।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको हो। ट्रम्पमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो। त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको जनाईएको छ।

चुनावी र्‍यालीमा ट्रम्पले करिब पाँच मिनेट बोलेपछि केही पड्किएको जस्तो आवाज सुनिएको थियो। गोली चल्न थाले कोलाहल मच्चियो। ट्रम्पलाई केही सेकेण्डसम्म सुरक्षा दस्ताले घेरेर राखे। अनि स्टेजबाट ओराले। स्टेजबाट ओर्लिंदै गर्दा ट्रम्पले हावामा मुठ्ठी उचालेका थिए। त्यसपछि सुरक्षाकर्मीहरुले ट्रम्पलाई गाडीमा हालेर लगेका थिए ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले सार्वजनिक गरेको घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानको छेउमा गालासम्म रगत बगेको देखिएको छ। उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए।

बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन्। सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ। अमेरिकीको सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ।

राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट