कांग्रेस–एमालेले मध्यरातमा गरेको भनिएको सहमतिमा के छ, किन गोप्य राखियो ?

काठमाण्डौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्रीको कुर्षी छोड्दै गर्दा नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा भएको भनिएको सहमतिप्रति गम्भिर प्रश्न उठाए।

उनीमात्र होईन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र नेकपा एकिकृत समाजवादीका नेता मेटमणी चौधरी पनि १७ असारको मध्यराती ब्यापारीको घरमा बसेर सहमति सहमति नभएर षडयन्त्र भएको आरोप लगाए।

नेपाली कांग्रेस र नेकपा एमालेले आफुहरुको पछिल्लो प्रयास राष्ट्रिय सहमतिका लागि गरिएको दावी गरिरहेका बेला दाहाल, लामिछाने र चौधरीले त्यसलाई षडयन्त्र भएको दावी मात्रै गरेनन् जनताप्रतिको गद्दारी भएको पनि बताए।

‘राष्ट्रिय सहमति ब्यापारीको घरमा वसेर मध्येराती दुई जानाले गर्ने होकी, जनताको बीचमा बसेर गर्ने हो ?’ लामिछानेले भनेका थिए–‘त्यो सहमति के हो, किन सार्वजनिक नगरिएको हो। यसरी राष्ट्रिय सहमति वन्छ ?’

दाहाल र चौधरीले पनि जनतालाई भन्न नमिल्ने गरि गरिएको सहमति कस्तो, किन र केका लागि भन्ने आशयमा प्रश्न उठाए। दाहालले माफियाको इन्ट्रेस्टमा सरकार परिवर्तन गरिएको आरोप लगाउँदै आफु नेत्तृत्वको सरकारले कल्पना नै नगरेकाहरुलाई पनि थुनेर देखाएको दाबी गरे।

तर, कांग्रेस–एमालेले प्रतिनिधि सभामा त त्यो सहमति प्रश्तुत गरेनन् नै हालसम्म पनि देश र जनताले थाहा पाउन सकेका छैनन्। कांग्रेस नेताहरुले भने सरकार गठनको प्रकृया पुरा भएपछि सहमतिको दस्तावेज सार्वजनिक गर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट