दक्षिणकालिमा गुम्बाको पर्खालले किचेर ५ वर्षीया बालिकाको मृत्यु, ५ बालिका घाईते

काठमाण्डौं– काठमाण्डौंको दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित थाई गुम्बा (मास्र्यामदेलिङ नुनुरी आनी थाई गुम्बा) को पर्खाल भत्किँदा एक नाबालिकाको मृत्यु भएको छ भने अन्य ५ बालिका घाईते छन्।

मृत्यु हुनेमा हुनेमा ५ वर्षीया पल्जोम तामाङ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाईते अवस्थामा उद्धार गरिएकी बालिकाको दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा मृत्यु भएको हो।

गुम्बाको पर्खाल भत्किँदा अन्य ५ जना नाबालिकाहरु पुरिएर घाइते भएका छन्। घाइते हुनेहरूमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन्।

घाईते पाँचै जना बालिकािको बल्खुस्थित बयोधा अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार मृतक र घाईते बालिकाहरु गुम्बामा बसेर पढ्दै आएका आनीहरु हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट