रोष्ट्रममा झुठो बोलेपछि रविलाई शाहीको दनकः टोपबहादुर पक्राउ पर्दा सरकार ढलेन, को हो बेचन झा ?

काठमाण्डौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले ‘भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो’ भनेर गलत भाष्य सृजना गरेको भन्दै गृहमन्त्री रवि लामिछानेप्रति खिसिट्युरी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधि सभाको वैठकमा विश्वासको मतका लागि राखेको प्रश्तापको पक्षमा मतदान गर्न रोष्ट्रममा उपस्थित भएका लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेपछि शाहीले लामिछानीप्रति खिसिट्युरी गरेका हुन।

‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको? फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने? लामिछानेले भनेका थिए–‘सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो। यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन।’

त्यसपछि रोष्ट्रममा पुगेका शाहीले भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न लामिछानेलाई आग्रह गरे। ‘समीकरण मिलेन। केके उहाँहरूको सर्त मिलेन। सर्त नमिल्या हुनाले सरकार ढल्यो भने त भइहाल्यो नि।’ उनले भने–‘फाइल खोलेर एउटा मान्छे जेल हालेको छैन। कहाँ फाइल छ। न निर्मला पन्तको हत्यारा पक्राउ गरेको छ। न त जीवी राई पक्राउ पर्‍या छन्। न सहकारी ठगीका दोषी जेल गएका छन्। न नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जेल गएका छन्। कोही गएका छैनन्। ठूलाठूला नेताहरू मिलेर नै सरकार ढलेको हो। फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्नुहोस्।’

‘को हो वेचन झा ? उपराष्ट्रपति वा टोपवहादुर रायामाझी भन्दा ठुलो मान्छे हो? यही संसदको सांसद टोपबहादुर रायमाझी पक्राउ पर्दा सरकार ढलेन। वेचन झा पक्राउ पर्दा सरकार ढल्छ ?’ शाहीले भने–‘फायल खोलेका कारण सरकार ढल्यो भनेर रोष्ट्रममा झुठो कुरा नगर्नोस।’

शाहीले आफनो मन्तब्यको सुरुवातमै गृहमन्त्रीसँग बोलेर नसकिने भन्दै लामिछानेले वोल्नमा गिनिज बुकमै नाम लेखाएको भन्दै ब्यंग्य गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट