सिमलताल पहिरो अपडेटः गणपति डिलक्समा थिए स्टाफसहित ३१ जना (टिकट लिनेको नामसहित)

काठमाण्डौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९, सिमलतालमा पहिरोमा पुरिएको गणपति डिलक्सको बसमा बसका स्टाफसहित ३१ जना रहेको खुलेको छ।

०००१ ख २४९५ नम्बरको गणपति डिलक्स नयाँबसपार्कबाट रौटहटको गौरका लागि हिडेको थियो। काठमाण्डौबाट हिड्दा वसमा २७ यात्रु तथा चालक र सहचालकसहित २९ जना थिए। बीच बाटोबाट २ चढेकाले बसमा जम्मा ३१ जना रहेको काठमाडौंस्थित टिकट बुकिङ काउण्टरले जानकारी दिएको छ।

बस काउण्टरको चलान अनुसार नन्दुजीको नाममा ५ जना, अमितजीको नाममा २ जना, हरिचन्द्रजीको नाममा २ जना, शम्भुजी/नविनजीको नाममा ४ जना, राज पटेलको नाममा १ जना, प्रिन्स जैशवालको नाममा १ जना, सिकेन्द्रजीको नाममा १ जना ओकिल खाँको नाममा १ जना, ओमजीको नाममा १ जना, राजकिशोरजीको नाममा १ जना, जोरपाटी काउण्टरबाट ५ जना र शैलेन्द्रजीको नाममा १ जनाको टिकट काटिएको छ। अन्य एक जनाको नाम लेखिए पनि स्पष्ट छैन।

बसमा किशोरकुमार चौधरी चालक र ऋषी दाई सहचालक रहेको चलानमा उल्लेख छ। चलानमा चालक र सहचालक भनेर छुट्याईएको छैन। ती मध्ये ३ जनाले झ्यालबाट हामफालेर ज्यान बचाएका छन्।

काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं हिडेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको बसलाई आज बिहान करिब साढे तीन बजे लेदो माटोसहितको पहिरोले पुरेको थियो। एन्जल डिलक्सको बसमा २४ जना यात्रु रहेको अनुमान छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट