रवि लामिछानेलाई झण्डा हल्लाउँदै वयानमा बोलाएर वदनाम गर्ने सुर्य थापाको योजना तुहियो

काठमाण्डौं– सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री छँदै वयानमा बोलाएर वदनाम गराउने ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समिति’ संयोजक सूर्य थापाको प्रयास असफल भएको छ।

गृहमन्त्री लामिछानेले समय तालिका मिलाउन नसक्ने भन्दै वयानमा दिन अस्विकार गरेपछि थापाको योजना असफल भएको हो। थापाको योजना असफल भएसँगै गृहमन्त्री लामिछाने गाडीमा झण्डा हल्लाउँदै बयान दिन पुगेको विषय उठाएर गम्भीर नैतिक प्रश्न उठाउने कांग्रेस र एमालेको रणनीति पनि तुहिएको छ।

थापाले गृहमन्त्री लामिछानेलाई बुधबार साँझ फोन गरेर बिहीबार बयानका लागि आउन भनेका थिए। स्रोतका अनुसार एक्कासि बयानका लागि बोलाएपछि गृहमन्त्री लामिछाने अलमलमा परे।उनले कार्यतालिका मिलाउन नसक्ने भन्दै वयान दिनअस्वीकार गरे । त्यसपछि समितिमा रहेका आफनो पार्टीका सांसद शिशिर खनाललाई फोन गरेर ‘बुधबारको समिति बैठकले आफूलाई बयानमा बोलाउने निर्णय गरेको हो कि होइन ?’ भनेर जिज्ञासा राखे।

रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका खनालले बयानका लागि बोलाउने सम्बन्धनमा कुनै निर्णय नभएको जवाफ दिएका थिए। त्यसपछि विहिवार बसेको समितिको बैठकमा संयोजक थापाले गृहमन्त्रीलाई बयानका लागि बोलाइए पनि आउन अस्वीकार गरेको बताएका थिए।

योसँगै गृहमन्त्री छँदै लामिछानेलाई वयानमा घिस्याउने उनको योजना असफल भएको छ। सम्भवत आजको प्रतिनिधि सभा वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाउने छन्। त्यसपछि उनको सरकारका स्वतः ढल्ने निश्चित छ। सँगै गृहमन्त्री लामिछाने पनि स्वतः पदमुक्त हुने छन्।

त्यसपछि गृहमन्त्रीकै हैसियतमा लामिछानेले समितिलाई बयान दिनु पर्ने छैन। समितिले बोलाएका वखत उनी सांसद र रास्वपाको सभापतिको हैसियतमा उपस्थित हुनेछन्।

रास्वपाका एक नेताले सूर्य थापाको व्यवहारमा सत्ता समीकरण हेरफेरको प्रभाव देखिएको वताए। ७ सदस्यीय समितिमा कांग्रेस र एमालेबाट दुई–दुई तथा माओवादी, रास्वपा र राप्रपाबाट एक–एक जनाको प्रतिनिधित्व छ। कांग्रेस र एमाले एक ठाउँमा हुँदा बहुमत पुग्छ। राप्रपा पहिलेदेखि सहकारी ठगी प्रकरणमा कांग्रेसको एजेन्डासँग एकमत छ।

संसदीय छानबिन समितिमा रविको बचाउमा माओवादी र रास्वपा मात्र हुने स्थिति छ। समितिले आफ्नो प्रतिकुल सिफारिस गर्ने आशङ्का लामिछानेमा देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट