गगन र विश्वप्रकाशले हात उठाए, कांग्रेसको नेतृत्व गरेर सरकारमा जाने प्रकाशमान निर्विकल्प

काठमाडौं– नेपाली कांग्रेसका दुवै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व गरेर सरकारमा जाने प्रस्ताव अस्वीकार गरेका छन्।

१७ असारमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारमा जान थापा र शर्मा दुवैले अस्विकार गरेका हुन। प्रधानमन्त्री पुष्पकमद दाहालले भोली विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेर सरकारमा जान थापालाई प्रश्ताव गरेका थिए। तर, बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले आफनै काम भ्याई नभ्याई भएको भन्दै सरकारमा नजाने वताए।

‘महामन्त्री र सांसदको काम गर्नै मलाई भ्याइनभ्याई छ। पार्टी सभापतिसहितका नेताहरुलाई मैले गराउनुपर्ने जानकारी गराइसकेको छु,’ उनले भने, ‘पार्टीको महामन्त्रीको रुपमा यो बाँकी रहेको समय काम गर्छु।’

संसदका दुई ठूला दल मिलेर बन्ने सरकारलाई सही ट्रयाकमा हिँडाउन पनि आफू सरकारमा जान नहुने महामन्त्री थापाको तर्क छ। अर्का महामन्त्री शर्माले पनि आफू अहिले सरकारमा नजाने बताइसकेका छन्।

बुधबार झापा १ मा आयोजित कार्यक्रममा दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको बौद्धिक सर्कलको चासो र चिन्तालाई सम्वोधन गर्न आफु सरकारमा नजाने वताएका थिए।

अव पार्टीको नेतृत्व गर्दै सरकारमा जाने पूर्वमहामन्त्री प्रकाशमान सिंह निर्विकल्प जस्तै भएका छन्। दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ यसअघि दाहाल नेतृत्वको सरकारमा गइसकेकाले नयाँ सरकारमा उनिहरुको सम्भावना छैन।

नेता डा. शेखर कोइराला र राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौलाले सरकारमा जाने रुची नरहेको वताई सकेका छन्। भारतमा उपचार गरेर फर्किएका उनले बुधबार सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर सरकारका जाने इच्छा पनि राखेका छन्।

देउवाले गत महाधिवेशनको गुन तिर्न पनि सिंहलाई सरकारमा पठाउने सम्भावना धेरै रहेको नेताहरु वताउँछन्। महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सघाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट