प्रचण्डले जाँदाजाँदै आफनै सरकारको निर्णय उल्ट्याए

काठमाण्डौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्भवतः भोली शुक्रबारदेखि प्रधानमन्त्री रहने छैनन्। नेकपा एमालेले समर्थ फिर्ता लिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा छ।

जेठ २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका दाहालले हालसम्मको अंकगणितमा विश्वासको मत पाउने सम्भावना देखिएको छैन। दाहालले आफनो अन्तिम ठानिएको मन्त्रिपरिषद वैठक विहिवार सम्पन्न गरेका छन्।

दाहालले जाँदाजाँदै आफनै सरकारले गरेको एउटा निर्णय एल्ट्याएका छन्। सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट दाहाल सरकार पछि हटेको छ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको वताईन।

यसअघि सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनामा सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

उक्त सूचना अनुसार सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न १ साउनदेखि नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट